२५ फागुनमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ
काठमाडौं– गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभाका १८ जना सदस्य निर्वाचित भएका छन् ।
उनीहरूको पद तथा गोपनियताको शपथ फागुन २५ गते दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा हुनेछ ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण समारोहमा निर्वाचन आयोगले दिएको प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित औपचारिक वा सांस्कृतिक पहिचान झल्काउने पोशाकमा उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन् ।
निर्वाचित राष्ट्रिय सभा सदस्यमा महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा, ललितजंग शाही, रोशनी मेचे, धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा, सोम पोर्तेल, गीता देवकोटा, डा. प्रेम दंगाल, जगत तिमिल्सिना, सम्झना देवकोटा, वासुदेव जंगली, चन्द्रबहादुर केसी, मिना रखाल, खम्मबहादुर खाती र लीला भण्डारी रहेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE