बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा – प्रधानमन्त्री ओली

काठमाडाैं – जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले यहाँ अयोजना गरेको ‘जबजका तिन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्छ ।  प्रधानमन्त्री ओलीले जबजका प्रतिपादक मदन कुमार भण्डारीलाई इतिहासमा अनेक आरोप लगाइएको स्मरण गरेका छन् ।

मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गोष्ठीमा बोल्दै ओलीले पार्टीको अहिलेको जगको निर्माण नै भण्डारीले गरेको भन्दै असाधारण हमला स्वरूप भण्डारीमाथि अनेक दुर्वाच्य लगाइएको समेत बताए ।

‘उसबेला  पनि मदन भण्डारीलाई फुत्त दुलोबाट निस्केर नेता हुन पाइन्छ ? भनिएको थियो । भूमिगत र संगठनात्मक काम गर्नुभएको थियो । संघर्षको मैदानमा काम गर्नुभएको थियो । जोखिम मोल्नुभएको थियो । त्यो कठिन परिस्थितिमा काम गर्नुभएको थियो’, जबजका तीन दशक विषय राष्ट्रिय गोष्ठीमा ओलीले भने, ‘भण्डारीको विषयमा लाञ्छना लगाइयो । चारवटी श्रीमती छन् भनेर दुर्वाच्य पनि बोले । सहकारी ठग भनेर पनि आरोप लगाउने अनेक सिलसिला चले । असाधारण हमला चले ।’

अनेक लाञ्छना लगाउने काम भए पनि एमाले असाधारण शक्तिको रूपमा चुनौतीको सामना गर्दै यहाँसम्म आएको ओलीले बताए । पटक-पटक पार्टी विभाजन गर्ने, महाकाली सन्धिमा विवादित बनाउन खोज्ने काम भएको उनले बताए । तर, इतिहासमा गरेका कामको जिम्मा लिने भन्दै पार्टी सही बाटोमा भएको ओलीको दाबी छ ।

ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भण्डारी आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x