प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्।
प्रधानमन्त्री कार्यालयका अनुसार चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा उनले आफ्ना धारणा राख्ने छिन्।
सम्बोधनको समय भने अझै तय भइसकेको छैन। गत भदौमा भएको जेन जेड आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।
कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE