हिरा रणपालकाे “सम्झेर रुँदैछु……”सार्वजनिक

एउटा उखान छ जहा इच्छा त्यहाँ उपाय हो त्यस्तै भोगाइ छ गायक मोडल संगीतकार हिरा रणपालको आफ्नो छुट्टै पेशा व्यवसाय अङ्गालेर पनि गीत संगीतमा हाम फालेर पनि सफलताको शिखर चुम्दैछन । नेपाली लोक संगीतलाई मुटुदेखि माया गर्ने एक सरल र मिजासिलो कलाकार हुन् । कतिपयले उनलाई गाउँघरमै नचिने पनि हाल उनका गीत बजारमा आउन थालेपछि को हुन् हिरा रणपाल भनेर खोज्न थालेका छन् ।
गायक संगीत सृजना अनि आफैमा मोडल । लोकसंगीत सधैँ मञ्चको चमक होइन, माटोको सुगन्ध मान्ने कलाकार हिराले भर्खरै मात्र मनकुमारी रणपालको प्रस्तुती रहेको लोकगीत “सम्झेर रुँदैछु……” आफ्नै अफिसियल युटुव च्यानल मार्फत बजारमा ल्याएका छन । सामाजिक कुरीति विसंङ्गती व्यथिति छुवाछुतले भरिएको समाज प्रति लक्षित गरी निकालिएको “सम्झेर रुँदैछु……” गीतले दर्शक र समाजको मन छुने विचार व्यक्त गर्छन सर्जक हिरा रणपाल । जीवनकालमा समयअनुसार आफ्नो रूचि, बाध्यता, आफ्ना सपना परिवर्तन संगै बिचार पनि परिवर्तन हुँदै जाने क्रममा स्वतस्फूर्त म लोकगीत–संगीततिर धकेलिएको बताउने हिरा लोकगीत भनेकै चराचुरुंगी कराएको, उकाली–ओराली गरेको, दाउरा, घाँस काटेको, परपर पधेँरीमा पानी लिन गएको, रातभरि जाँतो कुदेर गाउने गीतलाई मान्नुपर्ने बताउँछन् ।
तर आजकल लोक गीतको नाममा व्यक्ति विशेषले कोठामा बसेर लेख्ने र गाउने परम्परा विकसित हुन थालेकोमा चिन्ता लाग्ने गरेको बताउने हिरा समाजले देश, काल परिस्थिति अनुसार चल्न बाध्य बनाउने बताउँछन् ।
आजकल पुस्ताको जीवनशैली र लवाइखवाइ परिवर्तन संगै गीत–संगीतमा पनि परिवर्तन आउनु स्वभाविक भएको बताउने हिरा आफ्नो गीतमा शब्द विष्णु भण्डारी संगीत रचना गायक अभिनयमा स्वंय हिरा रणपाल गायिका देवी घर्ती मगरको छ भने अभिनयमा साथ दिएका छन् मोडल अभिनेत्री यशु भट्टाराई अभिनेता याम जिसी शितल के.सी. र वाल कलाकार लविस सुनामले । म्युजिक भिडियो निर्देशन धन बहादुर तामाङ सागरको रहेको छ ।
एरेञ्ज महेन्द्र भण्डारी मिक्सिङ्ग खड्क वाजुराली स्टुडियो माला श्री सम्पादन राजेशकुमार श्रृंङ्गारमा जीवन पासा क्यामेरामा अमित वि.क.ले सहयोग गरेका छन आशा छ । भगवान रूपी दर्शकले अत्याधिक रुचाउनु हुनेछ धेरै भन्दा धेरै शेयर सस्क्राइव गर्नुहुने छ । -याम बहादुर जि.सी.
WRITE COMMENTS FOR THIS ARTICLE