बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रिय सभाको चालु १९ औँ अधिवेशन शुक्रवार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९ औँ अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराए ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गरेका हुन् ।

माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रवार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ । सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउँदै १९ औँ अधिवेशन आजै रातिबाट अन्त्य भएको घोषणा गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x