मङ्लबार, माघ २७, २०८२
Tuesday, February 10, 2026

नेपाली काँग्रेसको ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान

काठमाडौं – नेपाली काँग्रेसले जिम्मेवारी दिएर तोकिएका बाहेक सबै नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरेको हो ।

आइतबार बिहान भएको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी दिएकालाई कार्य सकेर आफ्नो क्षेत्रमा फर्कन निर्देशन दिइएको छ । ‘जसको पदीय जिम्मेवारी जहाँ र उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्ने काँग्रेसले जानकारी गराएको छ ।

एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा अर्को क्षेत्रको वडामा गई क्रियाशील नहुन पार्टी पङ्तिमा अनुरोध गर्ने निर्णय गरिएको छ । भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता कार्यकर्तालाई पनि आफ्नो क्षेत्रमा क्रियाशील हुन भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x