शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार क्रियाशिल छ-यातायातमन्त्री देवेन्द्र दाहाल

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संरचनाहरु निर्माणको क्रमदेखि नै वातावरणीय क्षति हुन नदिने र वातावरणमैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । मन्त्री दाहालले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेको बताउनु भयो । उहाँले वातावरणमैत्री, दिगो, प्रविधिसम्पन्न, अपाङ्गमैत्री र प्रयोगकर्तामैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको बताउनु भयो ।

मन्त्री दाहालले सुरक्षित, बलियो र वातावरणमैत्री सडक पूर्वाधार निर्माण गर्नु, साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु र सार्वजनिक यातायात, सडक सुरक्षालगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानुनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यसतर्फ समेत काम गरेको बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x