शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन गर्न माओवादी सहमत छ–लेखनाथ दाहाल

काठमाडौं, –नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले संविधान संशोधन आजको आवश्यक्ता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन गर्न माओवादी सहमत रहेको बताएका हुन् । नेपालजस्तो अल्पविकसित देशमा मिश्रित निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको उनको टिप्पणी छ ।

नेता दाहालले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न सकेको खण्डमा त्यसले राजनीतिक स्थिरता, विकास र समृद्धिको नेतृत्व गर्ने बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुँदा संविधानको रक्षा र सफल कार्यान्वयनको लागिसमेत मद्धत गर्नेबताए ।

‘संविधान संशोधन आजको आवश्यक्ता नै हो । हामीले यो संविधान जारी गर्ने बेलामा पनि शान्ति, स्थिरता र विकासको निमित्त चाहीँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिन्छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । नेपालजस्तो अल्पविकसित देशमा मिश्रित निर्वाचन प्रणाली भड्किलो छ, खर्चिलो छ, बोझिलो छ । यसलाई पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेदेखि सबै मितव्यायी हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग चाहीँ हामी सहमत छौं,’– उनले भने ।

एमाले–कांग्रेसले समानुपातिक समावेशी हटाउने, संघीयता खारेज गर्ने स्थानीय तह घटाउने र एकात्मक र केन्द्रीय शासन व्यवस्थातर्फ फर्किन खोजेको उनको आरोप छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने प्रक्रियामा संविधान संशोधन गर्न माओवादी जुनसुकै बेला तयार रहेको बताए । माओवादी केन्द्र प्रतिगामी संविधान संशोधनको पक्षमा भने उभिन नसक्ने उनको प्रष्टोक्ति छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x