बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

प्रतिनिधि सभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्ने निश्चित

आसन्न प्रतिनिधि सभा निर्वाचन जितेर आउने प्रतिनिधि सभा सदस्यको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्ने निश्चित भएको छ ।

शहरी विकास तथा भवन विभागका महानिर्देशक रवीन्द्र बोहोराले आसन्न निर्वाचनबाट निर्वाचित भएर आउने प्रतिनिधि सभा सदस्यको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्नेगरी तयारी भइरहेको बताए। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हलको सम्पूर्ण तयारी सकिने गरी तीव्र गतिमा काम भइरहेको उनले बताए।

फागुन २१ गतेको चुनावबाट निर्वाचित भएर आउने प्रतिनिधि सभा सदस्यको पहिलो बैठक त्यहीँ बस्ने गरी तीव्र तयारी भइरहेको छ’, उनले भने, ‘चैतको पहिलो हप्तामा संसद्को पहिलो बैठक बस्ने भएकाले फागुनभित्र सम्पन्न तयारी पूरा हुन्छ ।’

संसद् बैठकनिम्ति प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् भवन जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो ।

शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले प्रतिनिधिसभाको बैठक बस्नेगरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । ‘प्रतिनिधि सभाको बैठक त्यहीँ बस्नुको विकल्प छैन ’, उनले भने, ‘फागुन मसान्तसम्म जसरी पनि संसद् भवन तयार गर्नै पर्‍ यो । हामी दिनरात खटिरहेका छौँ।’

श्रेष्ठका अनुसार अहिले त्यहाँ ३५० जनशक्ति कार्यरत छ। त्यसैगरी ५० जना जनशक्ति संसद् भवनको फर्निचर तथा इन्टेरियरका सामान निर्माणमाकाम गरिरहेका छन् ।

निर्देशक श्रेष्ठले ठेकेदार कम्पनीले फेरि म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको जानकारी दिए। निर्माणाधीन नयाँ संसद् भवनको ठेकेदार कम्पनीले छैटौँ पटक म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको हो । यसअघि थप गरिएको म्याद पुस १६ गते सकिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x