बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

निलो रिबनमा काँग्रेसकाे आपत्ति

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक शुरु हुना साथ रास्वपाका सांसदहरुले अवरोध गरेका थिए । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै विरोध गरिरहेको छ ।

आजको बैठकमा रास्वपाका सांसदहरु निलो रिबन लगाएर उपस्थित भएपछि कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित भएर आउनु पर्ने भन्दै रास्वपाका सांसदहरुले निलो रिबन पहिरिएर आएको प्रति आपत्ति जनाउदै सचेत गराउन र कारवाही गर्न सभामुखसँग माग गरेका थिए ।

कांग्रेसको आपत्ति पछि सभामुखले ३० मिनेटका लागि आजको बैठक स्थगित गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x