बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

खरेल–लिङ्देन भेटवार्ता, निर्वाचन वातावरणबारे छलफल

काठमाडाैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार बिहान मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीचमा भएको भेटघाटमा आगामी प्रतिनिभिसभा निर्वाचन-समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएकाे हाे । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिनुभयो । सोही अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताउनुभएको भएकाे थियाे।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्दै आउनुभएकाे छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x