बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने

काठमाडाैं – नेकपा (एमाले)को ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डप वा खुल्ला मञ्चमा गर्ने भनिएको महाधिवेशन सल्लाघारीको खुल्ला चौरमा गर्न लागिएको हो ।

बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेकाे ११औँ महाधिवेशन सचिवालयको पहिलो बैठकले यी निर्णय गरेकाे हाे ।

देशभरका नेता–कार्यकर्ताका कारण उत्पन्न हुन सक्ने ट्राफिक व्यवस्थालगायतका कारण देखाउँदै एमालेले भक्तपुरमा महाधिवेशनको उद्घाटन सत्र गर्न लागेको हो ।

बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ ।

त्यस्तै, एमालेको महाधिवेशनको नारा यसअघि विधान महाधिवेशनमा तय गरेकै हुनेछ, जसमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ राखिएको थियो ।

नेकपा एमालेले आगामी २७ मंसिर देखि २९ सम्म नेतृत्व छान्ने महाधिवेशन गर्दै छन्, जसमा केपी शर्मा ओली तेस्रोपटक अध्यक्षका लागि तयारी गरेका छन् । त्यस्तै, उनीसँग प्रतिस्पर्धा गर्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरले मंगलबार घोषणा गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x