शुक्रबार, पुस २५, २०८२
Friday, January 9, 2026

रङ्गमञ्चमा उत्साह, व्यावसायिकतामा चुनौतीकाे वर्ष २०२५

पछिल्लो समय नेपालमा नाटक अर्थात रङ्गमञ्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रङ्गमञ्च निर्माणमा उल्लेख्य भूमिका खेलेका वालकृष्ण समको समयदेखि नेपालमा नाट्य क्षेत्र चर्चामा छ । चलचित्र आउनुभन्दा अगाडिदेखि डबलीमार्फत नाटक मञ्चन गर्ने चलन थियो । पछिल्लो समय सिनेमा हल छिर्ने दर्शकहरू रंंगमन्चतिर सोझिन थालेका थिए ।

समाज दोहोर्‍याउने खँदिला विषयवस्तु पस्किएका रङ्गकर्मीहरूले नेपाली मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि आफूलाई उपस्थित गराउँदै आएका छन् । व्यावसायिक रूपमा उल्लेख्य प्रगति नगरे पनि रङ्गमञ्चमा लगानी र आकर्षण भने बढ्दो छ ।

आरोहण गुरुकुल, सर्वनाम थिएटर, शैली थिएटर, शिल्पी थिएटर, पुरानो घर थिएटर, कीर्तिपुर थिएटर, कौशी थिएटर लगायतका नाटक घर काठमाडौमा चल्तीमा छन् । काठमाडौं बाहिर पनि नाटक घर खुलेका छन् । जसका कारण नाटकप्रति आकर्षण बढ्दो छ ।

यद्यपि, सन् २०२५ रङ्गमञ्चका लागि उत्तिसारो फलिफाप रहेन । कोभिड महामारीपछि लयमा फर्किँदै गएको नेपाली समाजमा अस्थिर राजनीतिका कारण केही असहज परिस्थिति निर्माण भयो जसले रङ्गमञ्च क्षेत्र पनि प्रभावित भएको देखिन्छ । बितेको वर्ष ‘कर्तव्य’, ‘जब फूलले आकार लिन्छ..’‘हराएको कुकुर’, ‘न्यायको सपना’, ‘बहादुरपुरको दन्त्यकथा’, ‘मिलारेपा’ जस्ता नाटकहरू चर्चामा रहे ।

अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५ मा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’, ‘काण्डता र शकुन्तला’ र ‘मिलारेपा’ शिर्षकको नाटकहरू प्रस्तुत भए । यसमध्य ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ नाटक पितृसत्तात्मक सोच र परम्परा परिवर्तनको विषयमा आधारित सामाजिक नाटक हो ।

अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको हो । ४० भन्दा बढी नाटकहरूमा उनको उल्लेखनीय अभिनयहरू बाघभैरव, मास्टर बिल्डर, ओडिपस र एन्टिगोन समावेश छन् ।

नेपालको रङ्गमञ्चको परिदृश्यले समृद्ध सांस्कृतिक सम्पदा र विकसित हुँदै गइरहेको समकालीन परिदृश्यलाई प्रतिबिम्बित गर्दछ । गाई जात्रा प्रदर्शन र दोहोरी जस्ता लोक परम्पराहरूमा जरा गाडेको नेपाली रङ्गमञ्च सामाजिक संवादको लागि एक मञ्चको रूपमा विकसित भएको छ । सबिता नयाँजू

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x