नृत्य निर्देशक संघ नेपालमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः श्रेष्ठ
काठमाडौं – नेपाली नृत्य निर्देशकहरुको हक, हित तथा अधिकारका लागि स्थापित नृत्य निर्देशक संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । भक्तपुरमा सम्पन्न संघको ११ औँ साधारण सभा तथा तेस्रो केन्द्रीय अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट भुवन दास श्रेष्ठ संघको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै भुवनको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु शाही, उपाध्यक्षमा केशव कोइराला, महिला उपाध्यक्षमा शारदा सोती शर्मा विजयी भएका छन् ।
यस्तै संघको महासचिव ऋषीकेश श्रेष्ठ निर्वाचित भए भने सचिव कृष्ण रसाल सर्वसम्मत चयन भए । यस्तै कोषाध्यक्षमा संगीता साही खड्गी र सह कोषाध्यक्षमा भोगेन्द्र मानन्धर निर्वाचित भएका छन् ।
नृत्य निर्देशक संघ नेपालको केन्द्रिय कार्यसमिति सदस्यहरूमा अजय कुमार विष्ट, विजय घिसिङ, पिंकी खड्का, चूडामणि फुयाँल, छिरिङ लामा, बाबु सेन्चुरी, देवराज गुरुङ निर्वाचित भएका छन् । अधिवेशनबाट दुई केन्द्रीय सदस्य विमल नेपाल (कोसी प्रदेश) र लोकेन्द्र शाह (गण्डकी प्रदेश) मनोनीत भएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE