बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भिजिट भिसा प्रकरणमा दुई पार्टी सडकमा आउन सक्छ – राजेन्द्र लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

आइतबार झापामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध गर्ने आन्दोलनलाई निरन्तरता दिने बताए । आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिलेर सडकमा उत्रन सक्ने चेतावनी पनि उनले दिए ।

‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भनेका थियौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘तर, उहाँले राजीनामा नदिए पनि छानबिन आयोग त गठन हुनैपर्छ । भोलि दोषी ठहरिएमा कारबाहीमा परिहाल्नुहुन्छ ।’

उनका अनुसार संसद् अवरुद्ध भइरहे पनि सभामुख देवराज घिमिरेले त्यसलाई बेवास्ता गरेर सदन सञ्चालन गरेको र सरकार पक्षले पनि उपेक्षा गरेको जनताले नियालिरहेको छ ।

‘हामी कम्तीमा यो सेसनभर विरोधमा रहनेछौँ,’ उनले थपे, ‘आवश्यक परे दुईवटै पार्टी (राप्रपा र रास्वपा) सडकमा आउन सक्छन् ।’

फरक प्रसंगमा अध्यक्ष लिङ्देनले पार्टीभित्र नयाँ नेतृत्त्वलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्याएर अघि बढ्न आफू तयार रहेको स्पष्ट पारे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x