बिहिबार, फाल्गुन २८, २०८२
Thursday, March 12, 2026

आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना, प्रधानमन्त्रीको कार्कीको उपस्थिती रहने

काठमाडौं – आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ ।महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए।

उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए ।वादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।

संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ। साथै, प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा समूह (जेनजी), नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

यस कार्यक्रममा लक्ष्मी बैंकले अर्थतन्त्रका चुनौती समाधानका लागि संवाद र सहकार्यको वातावरण निर्माण गर्ने पहल गरेको छ।अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x