शुक्रबार, भदौ ५, २०८३
Friday, August 21, 2026

सुनको मूल्यमा उच्च वृद्धि

काठमाडौं – बिहीबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ ।

आज प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको छ । एकैदिन २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४८८.८६ अमेरिकी डलर र चाँदी ६७.०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x