शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

काठमाडौं – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सो समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x