बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नारायणगढ–मुग्लिन सडकमा १९ वटा नयाँ पुल सञ्चालनमा

चितवन, –  नारायणगढ–मुग्लिन सडकमा १९ वटा नयाँ पुल सञ्चालनमा आएका छन् । याे सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

सडक विस्तारसँगै चार वटा पुल नयाँ बनाइएका थिए । पछि १५ वटा नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो ।

याे पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो । यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो । दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर याे पुल निर्माण गरिएको हो ।

याे सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल त्यहीअनुसार फराकिलो बनाइएको छ ।

पुलकाे निर्माण अनक कन्स्ट्रक्शनले गरेको हो । १ अर्ब २६ करोड ५० लाख ५ हजार ५९६ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको दरैले जानकारी दिए । ३ वर्षका लागि २ वटा प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्शनले पाएको थियो । झन्डै २ वर्ष थप समय लगाएर पुल निर्माण सम्पन्न भएको हो ।

कोभिड–१९ महामारी, मुआब्जा वितरण, भित्तो काट्न समस्या, बिजुलीका तार तथा खम्बा व्यवस्थापन, मठ–मन्दिर, शौचालय, प्रतीक्षालय स्थानान्तरणलगायतका कारण सम्झौता गरिएको समयमा काम सम्पन्न हुन नसकेको दरैको भनाइ छ । यो सडक हुँदै दैनिक १० हजार वटाभन्दा धेरै गाडी आजजाउ गर्ने गर्दछन् । यसमध्ये धेरै राजधानी जाने र बाहिरिने हुने गर्दछन् । पुल विस्तारसँगै सडकमा जामको समस्या कम हुने अनुमान गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x