बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

एमालेकाे बन्दसत्र अगाडि केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं –  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अगाडि केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

केन्द्रीय कमिटीको अन्तिम बैठक बसेपछि बन्दसत्रकाे कार्यक्रम सुरु हुने भएको छ । केन्द्रीय कमिटी बैठक सकिए लगत्तै बन्दसत्रकाे कार्यक्रम सुरु हुने बताइएका छ ।

महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने छ। बन्दसत्रले समसामयिक विषयमा विभिन्न निर्णय गर्दै नयाँ नेतृत्व चयन गर्ने छ ।

यस अघि शनिवार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टकाे मैदानमा महाधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन समारोहमा देशभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको छ।

महाधिवेशनको बन्दसत्रमा निर्वाचित, मनोनीत र आयोजक प्रतिनिधिको मात्र सहभागिता रहने छ। महाधिवेशनले एक अध्यक्ष,  तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x