बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026

सरकारी गाडीलाई निजी बनाउने भीभीआईपीहरू

काठमाडौं– गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार उपलब्ध गराएको सरकारी गाडी एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको खुलेको छ ।

गृह मन्त्रालयका अनुसार पूर्वराष्ट्रपति डा.रामवरण यादवले दुई वटा गाडी प्रयोग गर्दै आएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा.बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले एक–एक वटा गाडी प्रयोग गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भीभीआईपीहरूले प्रयोग गरिरहेका सरकारी गाडीको विवरण मागेपछि गृह मन्त्रालयले त्यससम्बन्धी जानकारी पठाइसकेको जनाएको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्डविपरीत प्रयोग गरिरहेको भनिएको गाडी बुधबार प्रधानमन्त्री कार्यालयलाई फिर्ता गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x