वर्तमान सरकार भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने तर्फ अग्रसर छ – सञ्चार मन्त्री खरेल
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता समेत भइसकेको उनले बताए ।
उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सवै तयारी गरिसकेको जानकारी दिए ।
त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरुमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकाहरु राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिए ।


WRITE COMMENTS FOR THIS ARTICLE