दिल्लीकी नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ आज

काठमाण्डाैं, – दिल्लीकी नयाँ मुख्यमन्त्री विधायक रेखा गुप्ताको शपथ आज हुँदैछ । भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठकले बुधबार रेखालाई मुख्यमन्त्री बनाएको थियो ।
उनको शपथ आज रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेखा दिल्लीको शालीमार बाग क्षेत्रबाट निर्वाचित भएकी थिइन् । विधायक दलले उनलाई दल नेता चुनेको जनाइएको छ ।
दिल्ली विश्वविद्यालयमा अध्ययनरत रहँदा उनी अखिल भारतीय विद्यार्थी परिषद्मा आवद्ध थिइन् । उनी दिल्ली विश्वविद्यालय छात्र संघमा अध्यक्ष पदको चुनाव पनि जितेकी थिइन् । उनी ३ पटक दिल्ली नगर निगम परिषद् पार्षद् र साउथ दिल्लीकी मेयर समेत भइसकेकी छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार रेखा गुप्तासँगै अन्य ६ जना विधायकले पनि आज दिल्ली सरकारमा मन्त्रीका रूपमा शपथ खाने छन्।
दिल्ली सरकारमा मन्त्रीका रूपमा प्रवेश वर्मा, आशिष सुद, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्रराज सिंह, कपिल मिश्रा र पंकज कुमार सिंहले शपथ खाने भएका हुन्।
WRITE COMMENTS FOR THIS ARTICLE