बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजावादीकाे आन्दाेलन अब देशव्यापी रूपमा

संयुक्त जनआन्दोलन समिति (राजावादी) ले आन्दाेलनकाे नयाँ रणनीति अपनाउँदै काठमाडौं केन्द्रित आन्दोलनलाई अब देशव्यापी बनाउने भएको छ। समितिमा आवद्ध ४५ दल, समूह र अभियानको

नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले नयाँ रणनीति अपनाउँदै काठमाडौं केन्द्रित आन्दोलनलाई अब देशव्यापी बनाउने भएको छ। समितिमा आवद्ध ४५ दल, समूह र अभियानको आज भएको वैठकपछि समितिले यस्तो निर्णय सार्वजनिक गरेको हो।

नवदुर्गा पार्टी प्यालेसमा भएको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भने अनुपस्थित थिए। उनको अनुपस्थितिमा प्रश्न उठाउँदै केही कार्यकर्ताले होहल्ला गरेपछि बैठक बिना निस्कर्ष स्थगन गरिएको थियो। सोही वैठकको भावना अनुसार नयाँ कार्यक्रम निर्धारण गरिएको भन्दै सुबेदीले विज्ञप्ति जारी गरेका छन्।

पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा परिवर्तन गरिएको उनले बताएका छन्। काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी रहने तथा देशका प्रमुख शहरहरुमा विरोध सभा, धर्ना र जनप्रदर्शन गर्ने जनाइएको छ।

आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने निर्णय पनि गरिएको छ। देशका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गरेपछि फेरि काठमाडौं केन्द्रित हुने बताइएको छ। आजको वैठकले आन्दोलनका आगामी कार्यक्रममा विभिन्न पेशा, वर्ग लगायत निजामति, सेना र प्रहरीलाई पनि साथ दिन अपिल गरेको सुबेदीले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x