बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

समितिबाट विद्यालय शिक्षा विधेयक पारित, प्रतिनिधिसभामा पेस गर्ने तयारी

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको हो ।

अब बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी गरिएको छ ।

विधेयक पारित हुँदा विपक्षी दहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका छन् । विधेयक उनीहरूको फरक मतसहित पारित भएको हो ।

बैठकमा पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले ईसीडी कार्यकर्तालाई शिक्षक मान्नुपर्ने बताएकी थिइन् ।

राप्रपाकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लिनुपर्ने तर्क गरेकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x