मङ्लबार, माघ २७, २०८२
Tuesday, February 10, 2026

प्रधानमन्त्री सुशीला कार्की र ‘विप्लव’ बिच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबिच आज भेटवार्ता भएको छ ।

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् ।

भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भने,- ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ ।’

त्यस्तै पछिल्ला दिनहरुमा प्रधानमन्त्री कार्कीले राजनीतिक छलफललाई तीव्रता दिएकी दिइरहेकी छन् । सरकारले आगामी फागुन २१ को निर्वाचनका लागि राजनीतिक दलहरुसँग संवादको वातावरण नबनाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कार्कीले भेटघाटलाई तीव्रता दिएकी हुन् ।

त्यसो त बुधबार मात्रै प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x