देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइयाे

काठमाडाैं – आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइएको छ । हिन्दू परम्पराअनुसार उद्योगधन्दा, मेसिनरी, औजार तथा सवारीसाधनलाई आजको दिन विशेषरूपमा पूजा गर्ने प्रचलन छ ।
बसपार्क क्षेत्रमा लामो र छोटो दूरीमा चल्ने सवारीसाधन आज दिनभर आकर्षक सजावटमा देखिए । गाडीलाई रातो र सेतो कपडाले ढाकी धजा र माला चढाइएका थिए भने विधिपूर्वक पूजापाठ गरेर तिनको सुरक्षापूर्वक प्रयोगको कामना गरिएको थियो ।
परम्पराअनुसार चालक, सहचालक र व्यवसायीले आफ्ना गाडीलाई पवित्र बनाएर ‘विश्वकर्मा भगवान’ को आशीर्वाद लिने गर्दछन् । बसपार्कमा सजिएका सवारीसाधनले यात्रुको ध्यान खिचेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE