बिहिबार, साउन १५, २०८२
Thursday, July 31, 2025

काभ्रेका ६ जनामा कोरोना संक्रमित भेटियाे

काठमाडौं – नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । नियमित परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमित सात जनामध्ये एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने छ जना काभ्रेका हुन ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । त्यसलै नेपालमा पनि कोरोना बढ्नसक्ने आँकलन गर्न सकिन्छ ।

विगतका वर्षहरूमा पनि भारतमा कोरोना बढेपछि नेपालमा फैलिएको अनुभवको कारण नेपाल समयमै सतर्क हुनु पर्ने स्वास्थ्यविज्ञहरु बताउँछन् ।यद्यपी काभ्रेका सक्रमितहरु भारतीय यात्रामा नदेखिएको हुनाले उनीहरूको स्थानीय कोरोना भएको बताइएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ । भारतमा देखिएको कोरोना कडा असर नदेखिएको र कडा प्रजातिको नभएको तर यसको असर वृद्धा तथा दीर्घ रोगीमा हुन सक्ने भएकोले सर्तक हनु पर्ने सुझाव महाशाखाको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x