बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नवनियुक्त उर्जामन्त्री घिसिङकाे डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन

काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।

उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका हुन् ।

पूर्वकार्यकारी निर्देशकका रूपमा नेपाल विद्युत प्राधिकरणमा दुई कार्यकाल बिताएका घिसिङले पहिलो कार्यकालमै मुलुकभरको लोडसेडिङ अन्त्य गर्दै “उज्यालो नेपाल” का प्रतीक बनेका थिए ।

उनले विद्युत् वितरण सुधार, नाफा वृद्धि, पारदर्शिता, ग्रामीण विद्युतीकरणमा उल्लेखनीय काम गरेका थिए । तर, कार्यकालको अन्त्यतिर उद्योगहरूको छुट बिल कटौती विवादमा समेत तानिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x