आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल नेकपा एमाले र नेपाली कांगेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दैछ । सत्ता साझेदार दल कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला आज साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो ।
उच्चस्तरीय संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE