बिहिबार, माघ २२, २०८२
Thursday, February 5, 2026

एक दिवसीय कला–कार्यशाला सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक दिवसीय कला–कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले नेपालको कुना काप्चामा रहेका कला र कलाकारलाई मूलधारमा ल्याउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा उक्त क्षेत्रका कलाकारले राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले युवामय उमेरलाई कलाको धारले छोप्दा सिर्जनशीलतामा अझ निखार आउने र विविध विधामा लाग्न प्रेरित गर्ने बताउनुभयो । कार्यशालामा अर्घाखाँची पालीस्थित श्री कमला मा.वि.का ५० भन्दा बढी र आसपास क्षेत्रका अन्य विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यशालामा दिनेश्वर महतो, मन गोल्डी, लीलाधर केसी, विष्णु सुवेदी, करिस्मा महत्रा, नवराज महत्रालगायतका कलाकारसँगै विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो । स्थानीय विद्यार्थीहरूले कागजमा आफ्ना अनुभूतिहरूलाई उतार्नुभएको थियो भने उहाँहरूलाई कलाकार केशवराज खनालले कलाका आधारभूत ज्ञानको प्रशिक्षण दिनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x