शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

उपसभामुख पदमा रास्वपाको समर्थन सहित रुवीकुमारी ठाकुरकाे उम्मेदवारी

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छिन ।

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीबार सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गरेकी हुन ।

प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेकाे सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिएकी छिन ।

उम्मेदवारी दर्ता  गर्दै आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छन् ।

उम्मेद्वारी दर्तापछि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताइन् ।

उनले देशको लागि आफूले सकेको सबै गर्ने बताइन् । उनले भुँईको मान्छेलाई पार्टीले यतिछिट्टै ठूलो तहमा पुर्‍याएको पनि उल्लेख गरिन् । ‘म अध्यक्षज्युलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथीसम्म पुर्‍याउनु भयो । मैले कल्पना पनि गरेको थिएन, यहाँसम्मको लागी । मलाई खुशी लागिरहेको छ, मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छ, सधै साथ दिन्छु’ उनले भनिन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको दिएको उनको भनाई छ । उनले मधेशको छोरीलाई अगाडी बढाउन उनिहरुले सहयोग गरेको हुनसक्ने बताइन् । ‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरुले पनि समर्थन गरेर सरप्राईज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेसको छोरी हो, मधेसको छोरीलाई अगाडी बढाउन उहाँहरुले सहयोग गर्नुभएको होला’ उनले भनिन् ।

ठाकुरले रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x