बिहिबार, जेष्ठ ७, २०८३
Thursday, May 21, 2026

विपक्षी दलकाे विरोध पछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडाैं -संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको मिति तोक्न माग गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधिसभाको बिहीबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बिहीबार आकस्मिक, शून्य र विशेष समय सकिएर सभामुखले बैठक कार्यसूचीमा प्रवेश गराएलगत्तै नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलका सांसद उभिएर विरोध जनाएका थिए ।
उनीहरूले संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय तोक्न माग गर्दै अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक आजै १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x