बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपालमा अमेरिकी अनुदानका कार्यक्रम निलम्बित

काठमाडौं, – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदानमा सञ्चालित सबै कार्यक्रमहरू ९० दिनका लागि स्थगित भएका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी)ले नेपाल सरकारका सम्बन्धित निकायहरू गैरसरकारी संस्था (एनजीओ) र गैरनाफामूलक कम्पनीहरूलाई पत्राचार गर्दै यो निर्णयबारे जानकारी गराएका  छन् ।

यूएसएआईडीले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मालाई सम्बोधन गर्दै शनिबार पत्र पठाएको थियो । पत्रमा अमेरिकी अनुदानअन्तर्गत सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि, र समावेशी नीतिका कार्यक्रमहरू तत्कालका लागि रोकिएको उल्लेख गरेको छ ।

यूएसएआईडीको पाँचवर्षे रणनीतिक साझेदारीअन्तर्गत नेपालले ७९ अर्ब ७१ करोड रुपैयाँ बराबरको अनुदान पाउने सम्झौता गरेको थियो । हालका लागि यी कार्यक्रमहरू रोकिए पनि भविष्यमा अनुदान निरन्तरता पाउने सम्भावना भने बाँकी नै रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले वैदेशिक अनुदान पुनर्मूल्यांकनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि यो कदम उठाइएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो ९० दिने स्थगन अवधिमा अनुदानको प्रभावकारिताको समीक्षा गरिनेछ । एमसीसी नेपाल कार्यक्रमअन्तर्गत हालै कार्यान्वयनमा आएका परियोजनाहरूमा यो निर्णयको प्रभाव पर्ने वा नपर्ने अहिले नै एकिन भइसकेको छैन । तर धेरैले यो कार्यक्रम पनि स्थगन हुन्छ कि भन्ने आशंका भने व्यक्त गरेका छन् ।

यूएसएआईडीले एनजीओ र गैरनाफामूलक संस्थाहरूमार्फत परिचालित कार्यक्रमहरूलाई पत्र पठाएर ९० दिनभित्र कुनै पनि खर्च नगर्न र नयाँ सम्झौतामा हस्ताक्षर नगर्न निर्देशन दिएको छ । यद्यपि, कर्मचारीहरूको तलबसम्बन्धी विषयमा भने कुनै जानकारी दिइएको छैन ।

यूएसएआईडीको सहयोगमा सञ्चालित ३ सयभन्दा बढी संघसंस्थाका कार्यक्रमहरू तत्काल प्रभावित हुने एनजीओ फेडरेसन अफ नेपालले जनाएको छ । फेडरेसनका अध्यक्ष रामप्रसाद सुवेदीले कार्यक्रमहरू स्थगित भए पनि स्थायी रूपमा रद्द हुने सम्भावना कम रहेको विश्वास व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x