आशिका तामाङले जिल्ला अदालत भक्तपुरबाट सफाइ पाईन

सामाजिक अभियन्ता आशिका तामाङले जिल्ला अदालत भक्तपुरबाट सफाइ पाएकी छन् ।
भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ लिने नियमको विरोधसम्बन्धी मुद्दामा जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सफाइ दिएको हो ।
यसबारे तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । ‘भक्तपुर जिल्ला अदालतले प्रतिवादी आशिका तामाङलाई भक्तपुर जिल्लाको साँगामा अवस्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँको विरोध गरेको केसमा आज मलाई न्यायाधीशले सफाइ दिनुभएको छ’, उनले फेसबुकमा लेखेकी छन् ।
सूर्यविनायक नगरपालिकाले उक्त पुल तरेको २० रुपैयाँ शुल्क लिने गरेकोमा विरोध जनाउँदै कर्मचारीबाट खोसेर रसिदसमेत जलाएकी थिइन् । त्यसपछि उनीविरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा सजायको मागदाबी गर्दै अभियोगपत्र दर्ता भएको थियो ।
सूर्यविनायक नगरपालिकाले घटनाको अनुसन्धानका लागि प्रहरीमा पत्र पठाएपछि प्रहरी वृत्त जगातीले आशिकाविरुद्ध अनुसन्धान गरेको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE