संगीतको माधुर्य चु्म्दै बसन काफ्ले

संगीतको लागि प्रतिभा जन्मेको मानिन्छ , यसै विच गीत सङ्गीतको क्षेत्रमा शिखर चुम्न लालायित प्रतिभा हुन बसन काफ्ले । सानै देखि गित गुन्गुनाउँदै हिड्ने र स्कुल पढ्दादेखि नै विभिन्न कार्यक्रम तथा प्रतिस्पर्धाहरूमा भाग लिने उसको बानी नै थियो । शिक्षक शिक्षिका र साथीहरूको प्रोत्साहन उनको गायनलाई बलियो बनाउने तत्व बनेको काफ्लेले सुनाए, आज आएर श्रोतामाझ सिङ्गल एल्बम “चिकेन मटन” ल्याउने तयारीमा छन् । गीत सङ्गीतको भवसागरमा आफ्नो साँङ्गितिक प्रस्तुतीले एउटा ईंटा थप्ने कार्य मात्र भएको बताउँछन् । साँङ्गितिक बजारमा लोपहुँदै गई रहेको लोकपप गितलाई “चिकन मटन” मार्फत पुन ब्युँताउने प्रयास गरेको बताउँदै काफ्ले भन्छन्– यस सिर्जनामा आफ्नैे शव्द संगीत रहेको छ ।
सानै देखिको गीत संगीतको आफ्नो रुचिलाई मूर्तरुप दिन निरन्तर साधनामा लीन भएर यो एल्बम श्रोतामाझ ल्याउने प्रयास गरेको बताउँदै बसन भन्छन्–“संगीतको लतमा परेपछि उनी आफैँलाई दर्शक बनाए, श्रोता बनाए, आफ्नो आलोचक आफैँ भए । कमीकमजोरी खोज्न थाले । अनि निरन्तर साधनामा लीन भए ।”
काम गरेपछि राम्रो होस् भन्ने आस राखिन्छ तर कतिपय पूरा नहुने बताउँदै भावनात्मक पीडा त हुन्छ तर खुसी पनि त्यसैमा छ । प्रशिक्षण भनेको मानिसको सोचलाई फराकिलो मात्र बनाउने साधन हो । जब संगीतलाई गम्भीर भएर सोच्न थाले तब विधिवत् सिक्नुपर्छ भन्ने लाग्यो उसलाई । मैले संगीत सिक्न जरुरी थियो तर यो त जति सिक्यो त्यति गहिरो रहेछ ।
बजारमा आउन र हिट हुन गीत नल्याएको भन्दै उनि भन्छन्–विभिन्न किसिमका गीतहरू रेकर्डिङ कार्य र मेला महोत्सवमा व्यस्त गायक बसन प्रेमगीत, देशभक्ति गीत, संयोगान्त गीत, वियोगान्त गीत, भक्ति गीत सन्देशमूलक गीत, लोकगीत, लोकआधुनिक जस्ता गीतहरू गाएका छन् । सबैखाले गीतहरू गाए पनि भावपूर्ण गीत, मेलोडियस गीतहरू जसमा शब्द र संगीतको माधुर्य होस, गीतमा सन्देश होस् र हृदयलाई स्पर्श गरोस् यस्ता गीतहरू आफ्नो रोजाइमा पर्ने गायक काफ्ले बताउँछन् ।
WRITE COMMENTS FOR THIS ARTICLE