बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्रीओली र भारतीय विदेश सचिव विक्रम मिस्रीकाे शिष्टाचार भेट

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

सचिव मिस्रीले आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि उनी काठमाडौं आएका हुन् ।

आइतबार बिहान मात्र काठमाडौं आएका भारतीय विदेश सचिव मिस्रीले पहिलो भेट ओलीसँग गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर उनी काठमाडौं आएका हुन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोमबार स्वदेश फर्किनु अघि उनले विभिन्न राजनीतिक दलका नेतासँग समेत भेटवार्ता गर्नेछन् ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x