बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

एमाले नेता शिवाकोटी बलात्कार आरोपमा पक्राउ

झापा,– झापाका स्थानीय एमाले नेता ध्रुवकुमार शिवाकोटी बलात्कार आरोपमा पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाका पूर्वमेयरसमेत रहेका शिवाकोटीमाथि आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कार गरेको आरोप छ ।

शिवाकोटी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहीका अनुसार घरको काम गर्ने र पढाइदिने सर्तमा शिवाकोटीले पीडित बालिकालाई घरेलु कामदार राखेका थिए । पीडित बालिकाका बाबुको निधन भएको र आमा छुट्टै बस्ने भएकाले उनले संरक्षण दिएर राखेका थिए ।

बालिकालाई शिवाकोटीको घरबाट भागेर स्कुल पोशाकमै काँकडभिट्टा हुँदै भारत प्रवेश गर्न खोज्दा एक सामाजिक संस्थाको सहयोगमा उद्धार गरिएको झापा प्रहरी प्रवक्ता डएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x