बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शिक्षा विधेयकलाई स्थगित गर्दै मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु

काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई स्थगित गर्दै मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्ने भएको छ। शीर्ष तहमा सहमति नजुटेपछि समितिले मिडिया काउन्सिल विधेयक आइतबार छलफलमा लैजाने निर्णय गरेको हो।

विद्यालय शिक्षा विधेयक शिक्षकको बढुवा, स्थायित्व, औसत अंक जस्ता विषयमा विवादित बनेको छ। शिक्षा मन्त्री रघुजी पन्तले पटक–पटक समय माग्दै विधेयक अगाडि बढाउन ढिलाइ गर्दै आएका छन्।

असार १५ गतेभित्र पारित गर्ने सहमति भए पनि प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम हुन नसक्दा विधेयक अड्किएको हो।

यता मिडिया काउन्सिल विधेयक भने राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पुगेको छ। प्रेस काउन्सिललाई रूपान्तरण गरी स्वायत्त मिडिया नियामक निकाय बनाउन विधेयक ल्याइएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x