आइतवार, भदौ २८, २०८३
Sunday, September 13, 2026

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक

काठमाडाैं – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा आज देशभर राष्ट्रिय शोक व्यक्त गरिँदैछ ।
सरकारले सोमवार (आज) बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालय, प्रशासनिक केन्द्र सिंहदरबार तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत भदौ १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । सोही दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान र शोक प्रकट गर्न सरकारले यो कदम चालेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x