कुलिङ पिरियड प्रकरणमा विशेष छानबिन समितिको सदस्यहरूकाे नाम टुङ्गियाे
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको नाम टुङ्गिएको छ ।
सभामुखको सचिवालयका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन् । नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीलाई सदस्य बनाउन नाम सभामुख घिमिरेलाई दलहरूले उपलब्ध गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । सहमति अनुरूप आज प्रतिनिधिसभाबाट समिति घोषणा गरिनेछ । समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइने छ ।


WRITE COMMENTS FOR THIS ARTICLE