बुधबार, फाल्गुन २७, २०८२
Wednesday, March 11, 2026

सेयर बजारमा उच्च अंकको सुधार

काठमाडौं – सेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.२२ अंकले बढेर २६४७.४४ बिन्दुमा उक्लिएको छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३९.४२ अंकले बढेर २६०० बिन्दुमा पुगेको थियो ।

सोमबार नेप्सेमा कुल ७ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा ६ अर्ब १९ करोड माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

सोमबार पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा सबै समूहको सेयर मूल्य बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x