मङ्लबार, माघ २७, २०८२
Tuesday, February 10, 2026

७३ जिल्लामा फैलियाे डेंगीः १ हजार ६ सय ७३ जनामा पुष्टी

काठमाडौं – गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन् ।

सरकारकाअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका हुन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा)मा भने यस वर्ष हालसम्म डेंगी संक्रमणको केस नपाइएको बताउनुभयो । सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ वटा केस पुष्टि भएका छन् ।

प्रवक्ता बुढाथोकीले जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौंमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएको बताउनुभयो ।

उहाँले ‘स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ६ तथा नियमावली २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ६ ले प्रथम सेवाबिन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र रहने व्यवस्था गरेकाले विगतमा प्रथम सेवाबिन्दुको रुपमा विमितहरुलाई सेवा दिँदै आएका सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्रथम सेवा बिन्दु हटाउने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता ढाथोकीकाअनुसार डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसीहरु बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु देखिन्छन् । डेंगी संक्रमित करिव ८० प्रतिशत केसहरुमा लक्षण नदेखिने बताउनुभयो ।

प्रवक्ता बुढाथोकीकाअनुसार नेपालमा कोभिड १९ को संक्रमण अन्य थप जिल्लाहरुमा पनि देखिन थालेको छ । २०८१ को पुस १७ गतेदेखि २०८२ को असार १८ गतेसम्म नेपालका ३१ वटा जिल्लाबाट कोभि १९ का २ सय ४३ केस दर्ता भएको बताउनुभयो । प्रवक्ता बुढाथोकीले पछिल्लो एक हप्तामा नेपालमा ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । सरकारले कोभि १९ को जोखिमलाई मध्यनजर गरी १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड १९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताउनुभयो ।

प्रवक्ता बुढाथोकीले कोशी प्रदेशमा पशुपतिनगर हेल्थ डेस्क, मेची हेल्थ डेस्क, रानी हेल्थ डेस्क, मधेस प्रदेशमा मदर हेल्थ डेस्क, बिर्तामोड, गौर हेल्थ डेस्क, इनरुवा वीरगञ्ज हेल्थ डेस्क, लुम्बिनीमा गलैया हेल्थ डेस्क, कृष्णनगर हेल्थ डेस्क, जमुना हेल्थ डेस्क, गण्डकीमा त्रिवेणी हेल्थ डेस्क, सुदूरपश्चिम प्रदेशमा त्रिनगर हेल्थ डेस्क, गड्डाचौकी हेल्थ डेस्क, झुलाघाट हेल्थ डेस्क, कुलाघाट हेल्थ डेस्क, टिकापुर हेल्थ डेस्क र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई नाका गरी १७ वटा नाकाबाट निगरानी भइरहेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x