आइतवार, मंसिर ७, २०८२
Sunday, November 23, 2025

सर्वोच्चले प्रधानमन्त्रीसँग माग्यो जवाफ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश गरेको छ ।

सर्वोच्चको आदेशका बाबजुद पनि सरकारले १३ देशका राजदूतलाई फिर्ता गरी अवहेलना गरेको रिटमा आइतबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूको लिखित जवाफ माग्ने आदेश भएको हाे । अवहेलनाका दुई वटा छुट्टाछुट्टै रिट परेका थिए ।

जसमध्ये अधिवक्ता प्रेमराज सिलवालले परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएका छन् ।

अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुइँटेल र विशाल थापाले प्रधानन्त्री सुशीला कार्की समेतलाई विपक्षी बनाएका छन् ।

सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो ।

त्यसविरुद्ध सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै रिट दायर भएको थियो । त्यस रिटमाथि सुनुवाइ गर्दै कात्तिक १६ गते न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलिले अन्तिम निर्णय नहुन्जेलसम्म कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बोलाएको थियो । त्यसपछि अधिवक्ताहरूले अवहेलनाको रिट दायर गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x