भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब १९

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड बढी बजेट ल्याएको छ ।
आइतबार सत्रौं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
उपप्रमुख अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरे ।
बजेटले अधुरा तथा क्रमागत आयोजनाहरूको निरन्तरता, शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।
कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख, र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ ।
साथै, जनसहभागिताबाट रु ५ करोड, बैंक मौज्दातबाट रु ७० करोड र सडक बोर्ड नेपालबाट रु ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE