शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

रूपन्देहीमा बिभिन्न ब्यक्तीहरुसंग रकम असुल्ने कुसुम फरार

कुसुम गैरे नाम गरेकी २१ वर्षीया ती युवतीले केहीवर्षदेखि पीडित पुरुषहरूलाई नक्कली विवाह र प्रेमजालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी छन आफ्नो जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाल्पाकी एकजना युवतीले बुटवल क्षेत्र केन्द्रीत बनाएर यता झण्डै ०५ जना पुरुषबाट २० लाख देशका विभिन्न जिल्लाका युवाहरूलाई ठगेको रहस्य खुलेको छ ।

ती युवतीले एकै पटक ५ जना पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन् । रूपन्देहीका रवी बस्नेत २५ वर्षीय, नवलपरासीका विवेक मगर २३ वर्षीय, कपिलवस्तुका राज थापा मगर २२ वर्षीय, ईश्वरी भन्ने युवकको उक्त रकम ठगेको खुलेको हो ।

कुसम गैरेले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन । उनले उनीहरूसँग साँचो प्रेम अर्थात विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ । आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन् ।

नक्कली प्रेमी विवाह गर्ने साथ उनले उनीहरूसँग आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको र पैसा माग्ने दिएर उनीहरू बाट सम्बन्ध टुंगाउदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्कीका साथै थप पैसा माग्ने गरेको केही पीडित राजन थापा २५ वर्षीय नवलपरासी बताए ।

विवेक मगर २३ वर्षीय रूपन्देपहीका उनको आनीबानी देखेर शंका लागेर आफूहरू उनी सँग समन्ध नरहने गरि सबन्ध टुंगाएको बताए । नयाँ प्रेमीबाट पैसा लिएर खतराको घन्टी बजाउन खोज्नेलाई पैसा दिएर उनीहरूको मुख थुन्ने पनि गरेकी थिइन् । तर अन्ततः यस्तै पैसाको मामिलामा शंका लागेपछि उनको बस्ने तले उनको बारेमा लेखेर पोस्ट गरेका थिए ।

पीडितहरूअनुसार उनी अहिले बुटवलमा आफ्नो आमा र भाई सँग एउटा भाडाको घरमा बस्दै आएकी छन् । उनले अरुलाई भने आफू मैनपावरमा काम गर्ने गरेको बताउँदै आएकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x