बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गाजा आक्रमणको विरोधमा इजरायल विरुद्ध काठमाडाैंमा प्रदर्शन

काठमाडौं – प्यालेस्टाइन सोलिडारिटी नेपाल कमिटीले इरारायललाई प्यालेस्टाइनमाथिको बर्बर आतंक बन्द गर्न चेतावनी दिएको छ ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहेका अभियन्ता बलराम बाँस्कोटाको नेतृत्वमा सोमबार राजधानीको सुन्धारामा विरोध प्रदर्शन गरिएको थियो।

उक्त विरोध कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताका साथै नागरिक समाजका व्यक्तिहरूले इजरायललाई गाजामाथिको आक्रमण तत्काल बन्द गर्न आह्वान गरेका थिए।

त्यस्तै युद्धको सामान्य नियमसमेत अंगिकार नगरिकन हजारौँ बालबालिकाहरुको हत्या गरेको भन्दै वक्ताहरूले इजरायललाई मानवता नभएको देश र शासकका रुपमा टिप्पणी गरिएको थियो।

कार्यक्रममा इजरायललाई अमेरिकी साम्राज्यवादको साहारामा अमानविय र दानवीय कार्य गरिरहेकाले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने वक्ताहरुको भनाइ थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x