बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रसँग दुई बुँदे सहमति, रास्वपाको विरोध यथावत

काठमाडौँ – भिजिट भिसा प्रकरणमा सत्तारुढ दल र माओवादी केन्द्रबीच सहमति भएको छ । शुक्रबार नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्नो अडान छोडेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपासँग मुलभूत विषयमा सहमति नै रहेको भए पनि केहि समय रास्वपा आफ्नै किसिमले जाने बताए । प्रचण्डले रास्वपाले  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अडान नछोडेको बताए ।

माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी दुई बुँदे सहमति भएको छ । यो सहमतिसँगै प्रतिनिधिसभामा जारी अवरोध हटाउने समझदारी भएको छ । सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलो बुँदामा, भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ ।

त्यस्तै दोस्रो बुँदामा, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने भन्ने रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x