बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकाले विश्वका १२ देशका नागरिकलाई पूर्णरूपमा प्रतिबन्ध लगायाे

काठमाडौं – अमेरिकी सरकारले विश्वका विभिन्न १२ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित हुनुअघि नै आप्रवासन नीतिलाई कडा गर्ने घोषणा अनुसार एकैपटक १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले सुरक्षा खतरा आतंकवादबाट अमेरिकालाई जोगाउनुपर्ने भएकाले यस्तो नीति लिइएको बताएका छन् । अमेरिकाले आफ्नो देश प्रतिबन्ध लगाएका देशहरूमा दक्षिण एसिायली मुलुक अफगानिस्तानसहित म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, लिबिया, सोमालिया, सुडान, यमन र इरान छन्।

त्यस्तै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ । यस्तो निर्णय यही जुन ९ देखि लागू हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x