बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं -आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।

नेपालले यसअघि पनि लिग २ अन्तर्गत स्कटल्याण्डसँग खेलिसकेको छ । गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण सम्पन्न हुन सकेन ।

ओडिआई इतिहासमा नेपाल र स्कटल्याण्डबीच ८ खेल भइसकेका छन्, जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ । एक खेल नतिजाविहीन रहेको छ । पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ खेलमा विजयी भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x